News

Apr 13, 2010

माओवादीले केही दिन पर्खने सरकार गठन प्रक्रिया

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३० चैत : माओवादीले केही दिन पर्खेर नयाँ सरकार गठन प्रक्रिया र संघर्षका कार्यक्रम तय गर्ने भएको छ । सोमबार बसेको स्थायी समिति बैठकले पछिल्लो समयमा विकसित घटनाक्रम हेरेर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । राजनीतिक दलहरूसँग भैरहेको छलफल, कांग्रेस र एमालेभित्र देखिएको अन्तरविरोध र प्रधानमन्त्रीले राजीनामा दिनसक्ने सम्भावनालगायतका घटनाक्रम हेरेर तीनरचार दिनभित्र भावी योजना बनाउने माओवादीले निर्णय गरेको हो ।

No comments: