लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ चैत,रक्षा मन्त्रालयमा नेपाली सेनालाई कर्मचारीका रूपमा प्रवेश गराइने भएको छ । मन्त्रालयमा सेनाको समेत प्रतिनिधित्व हुने गरी पुनर्संरचनाको तयारी सुरु भइसकेको छ । पुनर्संरचनाका लागि मन्त्रालयले सहसचिव श्रीधर पोखरेलको संयोजकत्वमा कार्यदल बनाएको छ । पुनसर्ंचनापछि मन्त्रालयमा सेनाका बर्दीसहितका कर्मचारी रहनेछन् । नेपाली सेनाले यसअघि नै सेनाको गोपनीयताका विषयवस्तुमा निर्णय र नीति निर्माण गर्न सेनाको उपस्थितिले सहज हुने भन्दै मन्त्रालयमा सेनाको सहभागिता हुनुपर्ने सुझाब दिएको थियो । तीन महिनाअघि मन्त्रालयको पुनसर्ंरचनाका लागि रक्षासचिव नवीन घिमिरेले एउटा प्रतिवेदन तयार गरेका थिए । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले कार्यदल बनाएको हो । रक्षासचिव घिमिरेले कार्यदलले आठ-दस दिनभित्रै प्रतिवेदन बुझाउने र त्यसको लगत्तै कार्यदलको सुझाबअनुसार प्रक्रिया सुरु हुने बताए । 'सेना र रक्षाको सम्बन्धलाई विकसित गर्न हामीले सेनाको उपस्थिति रहने गरी पुनर्संरचना गर्दै छौँ, तर मन्त्रालयमा नियन्त्रण र निर्णायक भूमिका भने निजामती कर्मचारीकै हुनेछ,' रक्षासचिव घिमिरेले भने । मन्त्रालयमा सेनाका विषयमा काम गर्न सहज होस् भनेर यस्तो व्यवस्था गर्न खोजिएको उनले बताए ।
No comments:
Post a Comment