News

Apr 13, 2010

थाइ प्रधानमन्त्रीद्वारा आफ्नो सरकारको बचाउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थाइल्याण्डमा सरकार विरोधी प्रदर्शनहरुले हिंसात्मक रुप लिइरहेको बेला प्रधानमन्त्री अभिसित भेज्जाजिवाले विशेष टेलिभिजन प्रसारण मार्फत आफ्नो सरकारको बचाउ गरेका छन्।उनले आफ्नो सरकारमा कुनै विभाजन नभएको बताए। थाइ सशस्त्र सुरक्षा फौजहरुका प्रमुख जनरल अनुपोङ्ग प्रचिन्डाले देशको राजनीतिक संकटको निकास संसद विघटन गरेर मात्र निस्किन सक्ने बताएको केही घण्टापछि प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया आएको हो। सुरक्षा फौजका प्रमुखको भनाइ थाइ सरकार विरोधी प्रदर्शनकारीहरुको मागसँग मिल्दोजुल्दो छ। उनीहरुले थाइ राजधानी ब्याङ्ककका कैयौं स्थानलाई आफ्नो नियन्त्रणमा लिएका छन्।

No comments: