लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ अप्रिल, २०१०,नेपालका लागि नव नियुक्त अमेरिकी राजदुत स्कट डेलिसी आफ्नो कार्यभार ग्रहण गर्न आज काठमाडौं आइपुगेका छन् । नेपाल आइपुगेपछि संक्षिप्त मन्तव्य दिँदै उनले नेपाल आउन पाउँदा आफूलाई निकै खुसि लागेको बताए । उनले आफ्नो कार्यकालमा दुई देशबीचको लामो समयदेखिको द्विपक्षीय मित्रताको विकास गर्ने र दुई देशका जनताबीचको सम्वन्ध बलियो बनाउ प्रयत्नशिल रहने विश्वास व्यक्त गरे ।
राजदूत डेलिसीले आगामी आइतबार राष्ट्रपतिसँग ओहदाको प्रमाणपत्र बुझ्नेछन्। २८ वर्ष कुटनीतिक क्षेत्रमा रहिसकेका डेलिसीले एरिट्रयाका लागि अमेरिकी राजदूत र बोत्स्वानाको गाबोरोनस्थित अमेरिकी दूताबासमा डेप्युची चीप अफ मिसन रहिसकेका छन्।
उनलाई २००९ को डिसेम्बरमा अमेरिकी राष्ट्रपति बारक ओवामाले नेपालको लागि राजदूतमा मनोनयन गरेका थिए। अमेरिकी सिनेटले २०१० को मार्चमा उनको मनोनयन स्विकृत गरेको हो।

No comments:
Post a Comment