News

Apr 13, 2010

एमआरपीको निर्णय फिर्ताले सरकारसँग रिसायो भारत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ अप्रिल, २०१०,मसीन रिडेवल पासपोर्ट भारतलाई छाप्न नदिने सरकारको निर्णयपछि औपचारिक रुपमै भारतले असन्तुष्टि जनाएको छ । भारतीय राजदूत राकेश सूदले आज प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी मेसिन रिडेवल पासपोर्ट (एमआरपी) को निर्णय फिर्ता लिएको सम्बन्धमा तिब्र असन्तुष्टि व्यक्त गरेका हुन् । चौतर्फी रुपमा दबाब बढेपछि सरकारकाले बाध्यभएर उक्त निर्णय फिर्ता लिइएको थियो । निर्णय फिर्ता लिएको सम्बन्धमा परराष्ट्र मन्त्रालयले सोमबार भारतीय दूतावासलाई पत्र लेखि जानकारी दिएको थियो ।
त्यही विषयमा छलफलका लागि राजदूत सूद मंगलबार बिहान प्रधानमन्त्री निवास पुगेका हुन् ।राजदूत सुद र प्रधानमन्त्री माधवकुमार नेपालबीचको भेटवार्तालाई गोप्य राख्ने प्रयास गरिएपनि बाहिर आएको छ । यस्तै एमआरपी छपाईका सम्बन्धमा भारतीय सुरक्षा चासोसमेत सम्बोधन हुने गोप्य पत्र पठाएपछि सरकारले टेण्डर रद्द गरी भारतलाई छाप्न दिएको थियो ।
गोप्य पत्र सार्वजनिक भएको विषयमा पनि भारतीय राजदुतले असन्तुष्टि जनाएको स्रोतले बताएको छ । प्रधानमन्त्रीसँगको भेटवारे उनका सल्लाहकारहरुले पनि अनविज्ञता प्रकट गरेका छन् ।

No comments: