लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनमा बुधबार शक्तिशाली भुकम्प जाँदा कम्तिमा ४ सय मानिसको मृत्यु भएको छ । क्वन्घाई प्रान्तको गोल्मुड क्षेत्रमा स्थानिय समय अनुसार विहान ७ बजेर ४९ मिनेटमा गएको ६ दशमलब ९ रेक्टर स्केलको भुकम्प गएको थियो । भुकम्पको भग्नावशेषमा धेरै मानिसहरु पुरिएको अधिकारीहरुले बताएका छन् । भुकम्पका कारण दशहजारभन्दा बढी मानिस घाइते भएका छन् । क्वन्घाईमा केन्द्रविन्दु रहेको भुकम्पमा परेकाहरुको उद्धारकार्य तिव्र पारिएको छ । एउटा स्कुल भत्किदा दर्जनौ विद्यार्थीको मृत्यु भएको छ । घरहरुमा पुरिएका मानिसहरुलाई बाहिर निकाल्ने प्रयास जारी छ । भुकम्पका कारण त्यस क्षेत्रका ८५ प्रतिशत घरहरु भत्केको बताइएको छ । सडकहरु अवरुद्ध छन भने संचारसेवा पनि पूर्ण रुपले ठप्प छ ।यस अघि सन २००८ मा चीनको सिचुवान प्रान्तमा गएको भुकम्पमा परी कम्तिमा ८७ हजार मानिसले ज्यान गुमाएका थिए ।
No comments:
Post a Comment