लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ अप्रिल, २०१०,निर्धारित समयमा नै संविधान निर्माण गर्न दबाब दिंदै कविहरुले खवरदारी सुरु गरेका छन । आज एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कविता वाचन गर्न लगाएर कविहरुले खवरदारी सुरु गरेका हुन । कविता वाचन गर्दै प्रचण्डले राजीनितिक दलहरुलाई नयाँ तरिकाले कविहरुले सजग बनाएको वताउनुभयो ।प्रचण्ड निवास नयाँ बजारमा पुगेर कविहरुले राजनीतिक सहमति कायम गरी निर्धारित समयमा संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन ध्यानाकर्षा गराएका छन ।
१५ जना कविले देशको समसामयिक विषयवस्तुमा रहेर कविता वाचन गरिसकेपछि माओवादी अध्यक्ष प्रचण्डलाई वाचन गराउन लगाएका थिए । कविहरुले भोलि बिहिबार एमाले अध्यक्ष झलनाथ खनालको ध्यानाकर्षा गराउँदै कविता वाचन गर्न लगाउने भएका छन् । भोलि बिहान कविहरुको एक टोली खनाल निवास पुग्ने भएको छ ।
Apr 14, 2010
कविहरुले गरे नेताहरुलाई खबरदारी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment