News

Apr 15, 2010

नेपाली सैनिक अधिकृतमा चरम असन्तोष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले नेपाली सेनाको बढुवा प्रक्रियालाई नियमित गर्न नसक्दा नेपाली सेनामा कार्यरत प्रमुख सेनानी र सेनानीको भविष्य अन्यौलपूर्ण बन्दै गएको छ।राष्ट्रिय राजनीतिक चर्चाको केन्द्रबिन्दुमा रहँदै आएको नेपाली सेनाले समेत बढुवा प्रक्रियालाई नियमित गराउने प्रयासलाई अगाडि बढाउन नसक्दा हाल नेपाली सेनामा कार्यरत २ सयभन्दा बढी प्रमुख सेनानी र झन्डै ४ सयको हाराहारीमा रहेका सेनानीहरू बढुवा नभई घर बस्नुपर्ने स्थिति उत्पन्न हुन लागेको एक उच्च सैनिक अधिकारीले जानकारी दिए।स्टाफ कलेज गरेर बसेका २ सयभन्दा बढी प्रमुख सेनानीको बढुवा प्रक्रिया नै अवरुद्ध भएकाले सेनानीको २५ देखि २८ ब्याचसम्मकाहरूको सेवाअवधि २० वर्ष पुगिसक्दा पनि माथिल्लो पदमा बढुवा नभएपछि दक्ष जनशक्तिमा अहिले नैराश्यता उत्पन्न हुन थालेको ती अधिकारी बताउँछन्।

No comments: