News

Apr 12, 2010

नारायणहिटी संग्रहालयका सामान गायब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटी राजदरबारलाई संग्रहालयमा रूपान्तरण गर्नुअगाडि बेपत्ता बनाइएका १ सय ५१ थान पुरातात्त्विक, ऐतिहासिक र बहुमूल्य सामग्रीका बारेमा अझै पत्तो लाग्न सकेको छैन। पूर्वराजा ज्ञानेन्द्रले दरबार छाड्नुअगाडिको लगत र दरबार छाडिसकेको अवस्थाको लगत जाँच गर्दा उक्त परिमाणको सामग्री नपुग भएको पाइएको छ।तत्कालीन प्रमुख राजदरबार समारोह प्रबन्ध कार्यालयबाट नारायणहिटी दरबारको सम्पत्ति नेपाल सरकारको जिम्मामा ल्याउन सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव डा. गोविन्द कुसुमको अध्यक्षतामा गठित समितिले आयोगमा बुझाएको लगत र हाल प्रदर्शनमा रहेको तथा आगामी दिनमा प्रदर्शनमा आउने कक्ष र सोसँग सम्बन्धित लगतबमोजिम स्थलगत रूपमा रुजु गर्दा ती सामानहरू नपुगेको भन्दै नारायणहिटी संग्रहालयले प्रशासन शाखालाई पत्र लेखेको छ।हराएका सामानहरूमा हाल प्रदर्शनमा रहेका २० वटा कक्षमध्ये सबैभन्दा बढी इलाम कक्षमा रहेका र्याकमा भएका महत्त्वपूर्ण किताब रहेका छन्। पूर्वराजा ज्ञानेन्द्रले अफसि कक्षको रूपमा प्रयोग गरेको उक्त कक्षबाट महत्त्वपूर्ण ७७ थान किताब र दस्तावेज गायब भएका छन्। सोही कक्षमा राखिएको बुद्धको ऐतिहासिक मूर्तिसमेत हराएको छ।

No comments: