News

Apr 12, 2010

एमआरपी सम्बन्धि सुनुवाई स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतलाई एमआरपी छाप्न दिने सरकारी निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज हुने भनिएको सुनुवाई स्थगित भएको छ।न्यायाधिस दामोदर शर्माको इजलासमा सुनुवाई हुने भनिए उहाँको इजलासमा रहेको अर्को पूरानो मुद्दा नसकिएकाले एमआरपी सम्बन्धि मुद्दाको सुनुवाई नभएको अदालतले जनाएको छ।मुद्दाको सुनुवाईको नयाँ मितिका बारेमा पछि निर्णय हुने भएको छ। सरकारी निर्णय त्रुटीपूर्ण रहेकोभन्दै सर्वोच्च अदालतमा दुई वटा छुट्टाछुट्टै रिट परेका थिए।गत २५ गत सर्वोच्च अदालतले आजसम्म निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो। सरकराले गएराति नै एमआरपी भारतलाई छाप्न दिने निर्णय फिर्ता लिएको छ।

No comments: