लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अनमिनले प्रमाणित गरेको हतियार सहित राजधानीको चावहिलमा पक्राउ परेका एकीकृत नेकपा माओवादीले पोलिटब्युरो सदस्य एवं वाइसीएलका इञ्चार्ज कुलप्रसाद केसी रिहा भएका छन्।सोमबारराति आफ्नो निवास जाने क्रममा चावहिलको पिपलबोटबाट इञ्चार्ज केसीसहित दुई जनालाई पक्राउ गरिएको थियो ।प्रहरीले हतियार रहेको भन्दै नियन्त्रणमा लिएपछि गौशाला र बौद्ध प्रहरी चौकी हुँदै राति १ बने जिल्ला प्रहरी कार्यालय हनुमानढोका पुराएको थियो ।सरकारले पूर्वाग्रही ढंगले पोलिटब्युरो सदस्य केसीलाई गिरफ्तार गरेको प्रवक्ता शर्माको भनाइ छ।प्रहरीको नियमित चेकजाचका क्रममा गएराती १० वजे पक्राउ परेका केसीलाई माहनगरिय प्रहरी कार्यलय हनुमान ढोकामा राखिएको थियो।केसीलाई रिहाइ गर्नुपर्ने माग राख्दै आज विहानैदेखि वाइसिएल कार्यकर्ताले हनुमानढोका अगाडी प्रर्दशन गरेका थिए।
No comments:
Post a Comment