News

Apr 13, 2010

प्रधानमन्त्री नेपालले राजीनामा नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अराजकता बढाउने र उग्रवामपन्थीलाई हाबी गराउने उद्देश्यले सरकारमाथि आक्रमण भइरहेको निष्कर्षनिकाल्दै प्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको सरकारले संविधान निर्माण र शान्ति प्रक्रियाले पूर्णता नपाउँदासम्म मैदान नछोड्ने भएको छ। जनमानसमा प्रधानमन्त्री नेपालले राजीनामा दिएको र दिन लागेको जस्ता प्रचारबाजी भइरहेका बेला प्रधानमन्त्री नेपालले सोमबार केही मन्त्रीहरूसँग बसेर यस्ता प्रचारबाजी किन भइरहेका छन् र कुन कोणबाट गराइएका छन् भनेर समीक्षासमेत गर्नुभएको थियो।प्रधानमन्त्री नेपालले सरकारले पूरा गर्नुपर्ने काम पूरा गरे नगरेको विषयमा पनि समीक्षा गर्नुभएको बताइएको छ। छलफलमा शान्ति प्रक्रिया र संविधान निर्माणका लागि सरकारका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य पूरा भएको भन्दै समस्या माओवादीको रूपान्तरणमा रहेको निष्कर्षनिकालिएको थियो।

No comments: