लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, वैशाख २,गायन क्षेत्रमा प्रतिभा छान्ने उद्देश्यले इटहरीमा भएको पूर्वाञ्चल आइडल २०६६ मोरङ लेटाङकी १९ वर्षीया सुजाता राईले जितिन्। अन्तिम चरणको छनौटमा ९ जनालाई उनले उछिनेर प्रथम भएकी हुन्। उनलाई १० हजार नगद र प्रमाणपत्र दिइयो। लेटाङको शान्ति भगवती उच्च माध्यमिक विद्यालयमा कक्षा–१२ मा अध्ययनरत् राई प्राथमिक तह पूरा गरेदेखि नै गायन क्षेत्रमा प्रवेश गरेकी थिइन्। पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटालगायतका १० जिल्लाका ७१ जनाले अडिसन दिएकोमा अडिसनबाट २६ जना छानिएका थिए। छनौट भएकामध्ये अन्तिम चरणमा १० जनाबीच प्रतिष्पर्धा भएको थियो।राष्ट्रिय जागृति क्लब र होटल तथा लज व्यवसायी सङ्घ इटहरीको आयोजनामा पर्यटन, संस्कृति एवम् खेलकुद महोत्सवका क्रममा भएको प्रतिष्पर्धामा विराटनगरका डीवी राईले दोस्रो र धरानका दीपेन राईले तेस्रो स्थान हासिल गरे।डीवीलाई नगद ७ हजार र दीपेनलाई नगद ५ हजारसँगै प्रमाणपत्र प्रदान गरियो। प्रतिष्पर्धामा विजयीलाई नायक दिलिप रायामाझीले नगद तथा प्रमाणपत्र दिए। प्रतिष्पर्धामा 'टप टेन' मा परेका सुनसरीकी नीरु राई, दीपेन राई, प्रताप घिसिङ, विनिता घिमिरे, धनकुटाका कृष्ण तामाङ, मोरङका सन्तोष कालिकोटे र सिमन सिंहले प्रतिभा प्रस्तुत गरेका थिए। आइडल छनौटको निर्णायकमा बालकृष्ण कार्की, धीरज श्रेष्ठ र विशाल राई थिए।
No comments:
Post a Comment