News

Apr 14, 2010

'परमाणु हतियार अमेरिकाका लागि सबैभन्दा ठूलो चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिंगटन/ अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादी संगठनको हातमा परमाणु हतियार पुग्ने आशंका अमेरिकाका लागि ठूलो चेतावनी रहेको बताएका छन् । वासिंगटनमा परमाणु सुरक्षा शिखर सम्मेलनमा ओबामाले भने, 'वर्तमान वा भविष्यमा अमेरिकालाई सबैभन्दा ठूलो खतरा कुनै आतंकवादी संगठनको हातमा आणविक हतियार पुग्छ भन्ने रहेको छ ।' यस खतराले आगामी दिनमा अमेरिकालगायत विश्वकै सुरक्षा ढाँचा बदल्ने पनि उनले बताए । 'यदि कहिले न्युयोर्क वा लन्डन वा जोहान्सवर्गमा बम विस्फोट भयो भने आर्थिक, राजनीतिक र सुरक्षाका दृष्टिले यसको परिणाम भयावह हुनेछ,' ओबामाले भने । सम्मेलन सुरु हुनुअघि ओबामाले सम्मेलनमा सम्मिलित सबै देशले कसरी परमाणु हतियार सुरक्षित राख्ने भन्नेबारे सोच्नुपर्ने बताए । यसैगरी, ओबामाले आणविक महत्त्वाकांक्षा त्यागेकोमा दक्षिण अपिmकाको सराहना गरेका छन् । वासिंगटनमा भइरहेको परमाणु सुरक्षा शिखर सम्मेलनमा इरान र उत्तरकोरियालाई निमन्त्रण गरिएको छैन । यी दुई राष्ट्रले आणविक हतियार विकास गरिरहेको आरोप अमेरिकाले लगाएको छ । यसैगरी, यी दुई राष्ट्रले परमाणु अप्रसार सम्झौताको उल्लंघन गरेको आरोप पनि लगाइएको छ । यस सम्मेलनमा भारत, पाकिस्तान, चीनसहित ४० देशका प्रतिनिधिले भाग लिएका छन् ।

No comments: