News

Apr 13, 2010

एमआरपी छाप्न कम्तीमा छ महिना लाग्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेशीनले पढ्न सक्ने मेशीन रिडेबल पासपोर्ट अर्थात एमआरपी भारतमा छाप्न खोज्दा चौतर्फी आलोचना खेप्दै आएको सरकारले आइतबार भारतसँगको प्रक्रिया रद्द गरेपछि अब कहिले एमआरपी जारी होला भन्ने मानिसहरुमा जिज्ञाशा छ। परराष्ट्र मन्त्रालयका सचिव डा मदनकुमार भट्टराईले एमआरपी कहिलेसम्म तयार होला अहिले नै भन्न नसिकने बताए। एमआरपी नयाँ प्रक्रियाबाट छाप्न कम्तीमा छ महिना लाग्ने जानकारहरुले बताएका छन्। हस्तलिखित र एमआरपी पासपोर्ट छाप्ने प्रविधि फरक भएपनि पूरा गर्नुपर्ने कानुनी प्रक्रिया उही भएकाले छाप्न लाग्ने समय पनि उस्तै हुने जानकारहरु बताउँछन्।

No comments: