News

Jun 11, 2010

अमेरिकाले शरणार्थी पुनर्स्थापन नरोक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २८,शरणार्थी तथा बसाइ मामिलासम्बन्धी अमेरिकी उपसहायक मन्त्री केली सेलमेन्टले भुटानी शरणार्थीका दिगो समाधानका निम्ति नेपालले भुटानसँग पनि छलफल जारी राख्नुपर्ने बताएकी छन्। उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासँग बिहीबार शिष्टाचार भेटमा उनले अमेरिकाले शरणार्थी लैजाने क्रमलाई जारी राख्ने पनि बताइन्।'नेपालले शरणार्थीका समस्या समाधानबारे भुटानसँग पनि कुराकानी गर्नुपर्छ', केलीको भनाइ उद्धृत गर्दै मन्त्री कोइरालाले भनिन्।केलीले अमेरिकाले अहिलेसम्म २७ हजार ७ सय ५१ शरणार्थीलाई तेस्रो देश पुनर्स्थापन कार्यक्रमअन्तर्गत लगिसकेको बताइन्।मन्त्री कोइरालाका अनुसार तेस्रो देश पुनर्स्थापननिम्ति आवेदन स्वीकृत भएका ३८ हजार शरणार्थीमध्ये ३१ हजार गइसकेको केलीले जानकारी दिएकी थिइन्। त्यसमध्ये अधिकांश अमेरिका पुनर्स्थापन भएका हुन्। चारदिने भ्रमणमा आइतबार काठमाडौँ आएकी केलीले गृहमन्त्री भीम रावलसँग पनि भेट्ने कार्यक्रम छ।परराष्ट्र मन्त्रालयका सहसचिव तथा युरोप-अमेरिका महाशाखा प्रमुख धनञ्जय झाका अनुसार केलीले शुक्रबार तिब्बती शरणार्थीका जाउलाखेलस्थित हस्तकला केन्द्रको 'अवलोकन भ्रमण' गर्ने कार्यक्रम छ। यसअघि युरोपेली संसदीय टोलीले सरकारसँग बिनाअनुमति उक्त केन्द्रको भ्रमण गरेपछि विवाद उत्पन्न भएको थियो। यसपटक परराष्ट्रको जानकारीमा उक्त कार्यक्रम तय गरिएको परराष्ट्रस्रोतले बतायो। केली शुक्रबारै भुटानी शरणार्थी अवस्था बुझ्न झापा जानेछिन्।बिहीबार मन्त्री कोइरालासँगको भेटमा उनले शरणार्थीलाई 'व्यवस्थित तरिकाले राखेको' टिप्पणी गर्दै नेपाल सरकारको प्रशंसा गरेकी थिइन्।

No comments: