लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमति कायम नहुँदा सरकारको नीति तथा कार्यक्रम तथा बजेटमा समस्या हुने देखिएपछि सत्तासाझेदार दुई दल माओवादीलाई विश्वासमा लिएर नयाँ सरकार गठनको तयारीमा जुटेका छन्। प्रधानमन्त्री माधवकुमार नेपालले समेत तत्काल निष्कर्षमा पुग्न एमाले र कांग्रेसलाई दबाब दिनुभएका कारण दुई दल क्रियाशील भएका हुन्। एमाले र कांग्रेसका शीर्ष नेताहरूको मंगलबार सिंहदरबारमा बसेको बैठकले अर्को सहमतिको सरकार बनाउन माओवादीसँग प्याकेजमै छलफल गर्ने निर्णय गरेको थियो तर माओवादीसँग सहमति भइहाल्ने खालको प्याकेजको खाका भने दुई दलले बनाउन सकेका छैनन्।कांग्रेस र एमालेले तयार गरेको सहमतिको प्याकेजमा यसअघि वार्तामा प्रस्तुत भएका ६ बुंदे एजेन्डा नै मुख्य आधार भएकाले फेरि पनि सहमति भइहाल्छ भन्ने आशा भने गर्ने प्रशस्त आधार देखिएको छैन। एमाले अध्यक्ष झलनाथ खनालले जेठ १४ गते भएको सहमतिअनुरूप प्रधानमन्त्रीले अविलम्ब राजीनामा गर्ने र प्याकेजमा नै सहमति गरेर सरकार गठन प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो।
No comments:
Post a Comment