लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, जेष्ठ २६ - नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखा जडिबुटीले एक वर्षमा ८५ हजार १ सय ३९ वटा कन्डम वितरण गरेको छ । सङ्घको वाषिर्क कार्यक्रमका अवसरमा सङ्घका उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्यालले शाखाले मात्र उपत्यकामा यति धरै कण्डम वितरण निःशुल्क वितरण गरेको बताउनुभयो । शाखाले काठमाडौँको कोटेश्वर, जडिबुटी, पेप्सीकोला, भक्तपुरको लोकन्थली, बालकोट, थिमी, गाघर, ललितपुरको बालकुमारी, टीकाथलीलगायत विभिन्न ठाउमा बस्ने युवाले आफैंले शाखामा सर्म्पर्क गरी कण्डम लगेको जानकारी उनले दिए । भक्तपुर, काठमाडौ, चल्ने विभिन्न रुटका मिनीबसलगायतका सवारीसाधनका चालक, परिचालक, विभिन्न कारखानाका मजदुर तथा श्रमिकले निःशुल्क कण्डम लाने गरेका छन् ।
सङ्घको ३३ औँ वाषिर्कोत्सवमा अर्यालले परिवारनियोजनको अस्थायी सेवा, यौन सङ्क्रमण र एचआइभी/एड्सजस्ता जोखिमबाट बच्न शाखाले दुइ हजार चारसय ग्राहकलाई नियमितरुपमा कन्डम दिने गरेको पनि बताए । शाखाले कन्डमका साथै असहाय, गरिब, जनजाति, दलित, महिलालाई निःशुल्करुपमा डिपो, आइयुडी, नरप्लान्टलगायतका परिवार नियोजनका अस्थायी साधन उपलब्ध गराउँदै आएको छ ।

No comments:
Post a Comment