News

Jun 12, 2010

राजधानीमा हातहतियारका साथै विस्फोटक पदार्थ बरामद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
केही दिनअघि कारबम विस्फोट भएको वसुन्धरास्थित एक डिपार्टमेन्टल स्टोरबाट प्रहरीले रकेट लन्चरसहित अत्याधुनिक हातहतियार बरामद गरेको छर्।इशान नर्सिङहोमनजिकै रहेको वसुन्धरा डिपार्टमेन्टल स्टोरबाट प्रहरीले शुक्रबार राति ८ बजे रकेट लन्चर, क्यासेट बम, ज्याकेट बम, पेस्तोल तथा अन्य स्वचालित हातहतियारका साथै विस्फोटक पदार्थ बरामद गरेको हो। चार दिनअघि त्यही स्थानमा पार्क गरी राखिएको एउटा कारमा बम विस्फोट गर्राई ध्वस्त बनाएपछि सो क्षेत्रलाई निगरानीमा राखेको प्रहरीले शुक्रबार राति ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको हो। बरामद भएका हतियार राजधानीका ठूला-ठूला भवनहरुलाई ध्वस्त बनाउन सक्ने परिमाणको भएको प्रहरीले जनाएको छ। राजधानीमा रकेट लन्चरजस्तो अत्याधुनिक एवम् घातक हतियार बरामद भएको पहिलो पटक हो।उक्त विस्फोटक पदार्थसहित डिपार्टमेन्ट स्टोरका सञ्चालकलगायत केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। उक्त विस्फोटक पदार्थ कहा“बाट कसले ल्यायो भन्ने जानकारी प्रहरीले पत्ता नलगाए पनि राजधानीलाई आतंकित बनाउन विस्फोटक पदार्थ थुपारेर राखिएको आशंका प्रहरीले गरेको छ।बरामद भएको हतियारको प्रकृति हेदा आत्मघाती विस्फोट गराउने योजना बनाइएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। बरामद गरिएका बमहरूलाई सुरक्षाकर्मीले राति नै निस्क्रिय पारेको थियो।

No comments: