News

Jun 12, 2010

नेपाल-भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले दुर्व्यवहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कपिलवस्तु, जेठ २९- नेपाल-भारत सीमा क्षेत्रको दश गजामा नेपालीमाथि भारतीय सुरक्षाकर्मीले पटकपटक दुर्व्यवहार गर्ने गरेका कारण नेपालीलाई सास्ती भएको छ। कामका लागि वारिपारि गर्ने सर्वसाधारणले एसएसवी फोर्सका जवानबाट असुरक्षित भएको भन्दै सुरक्षाको मागसमेत गरेका छन्।
भारतको बढनीमा खटिएका सीमा सुरक्षा बल एसएसबीका जवानले कपिलवस्तुको प्रमुख व्यापारिक नाका कृष्णनगरमा आउने नेपालीमाथि पटकपटक ज्यादति गर्ने गरे पनि बोल्ने निकाय नभएपछि पीडितहरु सहेर बस्ने गरेका छन्।भारतीय एसएसबीले कृष्णनगर हुँदै बढनी बजार गर्न जाने नेपालीलाई दश गजा क्षेत्रमा बिनाकारण पक्राउ गरी कुटपिट र शारीरिक यातना दिँदासमेत नेपाल सरकार रमिते बनेको भन्दै सभासद् अभिषेकप्रताप शाहले तत्काल नेपालीमाथिको ज्यादति बन्द गर्न भारतीय अधिकारीलाई आग्रह गरे।त्यस्तै एसएसबीका जवानले कृष्णनगर हुँदै भारत जाने र आउने नेपालीले प्रयोग गर्दै आएको सहज र छोटो बाटो बन्द गरी भन्सार नाका हुँदै आवतजावत गर्न बाध्य बनाएको उद्योग वाणिज्य सङ्घ कृष्णनगरले जनाएको छ। जानकारीबिना नै एसएसबीका जवानले सहजरूपमा सर्वसाधारणले प्रयोग गर्दै आएका पुराना र छोटो बाटो बन्द गरेकोप्रति सङ्घले असन्तुष्टि जनाएको छ।

No comments: