लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्थानीय वासिन्दाले नेपाल विद्युत प्राधिकरण सिस्टम विभाग स्विचाटारमा तालाबन्दी गरेका छन् । प्राधिकरणको तालाबन्दी सँगै लोडसेडिङ तालिका प्रभावित भएको छ । शनिबारदेखि गर्न लागेको लोडसेडिङको विरोधमा उत्रिएका स्थानियले आज बिहानै देखि विद्युत उत्पादन केन्द्र अगाडि धर्ना दिएका छन् । धर्ना सँगै आक्रोशित भिडले पावर हाउसको स्वईचअनअफ गर्ने ठाउँमा ताला लगाइदिएकाले लोडसेडिङको तारिका अवरुद्ध भएको हो । पटक पटक लोडसेडिङ तालिका परिवर्तन गर्दै सर्वसाधारणलाई सास्ती दिएको भन्दै स्थानीयले विद्युत उत्पादन केन्द्र दारीमचौरमा तालाबन्दी गरेका हुन । स्थानीय संघर्ष समितिले प्युठान क्षेत्र नं. १का सभासद् नारायणप्रसाद अधिकारी सहितको टोलीले विद्युत उत्पादन केन्द्र दारीमचौरमा तालाबन्दी गरेका हुन ।
No comments:
Post a Comment