लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न माग राख्दै नेपाल सामुदायिक उच्च मावि शिक्षक युनियनले आजबाट २६ गतेसम्म देशभरका उच्चमावि बन्द आह्वान गरेको छ । युनियनले सामुदायिक उच्चमाविमा विषयगत शिक्षक दरबन्दी स्वकृति गरिनुपर्ने, उच्चमाविका शिक्षक, कर्मचारीहरुको सेवा सर्त र सुविधा सुनिश्चित हुने गरी ऐन तथा नियमावली बनाउनुपर्ने लगायतको १५ सुत्रिय माग अघि सारेको छ । आजै उच्च मावि परीक्षा कार्यालयका उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गर्ने युनियनका केन्द्रीय उपाध्यक्ष ज्ञानप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यस्तै आफुहरुको भागप्रति कुनै चासो नदिए भोलीबाट विभागमा अनिश्चिकालीन तालाबन्दी गर्ने उपाध्यक्ष भट्टराईले बताउनुभएको छ ।
No comments:
Post a Comment