लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल, फाल्गुन १९ - ईपीएस प्रणालीबाट रोजगारी गर्न कोरिया आएका नेपाली कामदारले अब सजिलै केटीएफ मार्फत सामसुङ कम्पनीको एचडी एलटीई र ग्यालेक्सी एसटु मोबाइल चलाउन पाउने भएका छन् । ब्यावसायी द्वय पार्क जङ सक र सुरेश लिम्बुद्वारा सोल तुङ्देमुनमा स्थापना गरिएको ग्लोबल कम्युनिकेसनको प्रयासबाट यो सुबिधा विदेशी कामदारलाई केटीएफ कम्पनीले उपलब्ध गराएको हो । गत हप्ताबाट कारोबार शुरु भएको जानकारी दिदै ग्लोबल कम्युनिकेसनका संचालक पार्क जङ सकले यो सुबिधा कोरियामा भएका केटीएफ डीलरहरूबाट प्राप्त नहुने पनि बताए । यो सुबिधा नेपाल लगायत अन्य देशका कामदारहरुमा पनि लागु हुने छ । नेपाली कामदारहरुको इच्छा अनुसार ४२,५२, ६२ र ७२ हजार वन मासिक शुल्क तिरेर शुन्य डिपोजीटमा मन परेको डिजाइन छान्न सकिने बताउँदै अर्का संचालक सुरेश लिम्बुले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर सार्बजिक बिदाहरुमा समेत कार्यालय खुल्ला रहने बताए । विभिन्न क्षेत्रहरुमा कार्यरत कामदारहरुले माग गरे हुलाकबाट पनि आवश्यक फर्महरु पठाउन सकिने जानकारी दिदै संचालक लिम्बुले यस खालको फोन प्रयोगकर्ताको भीषा दुई वर्ष अनिबार्य हुनु पर्ने पनि बताए ।
No comments:
Post a Comment