News

Mar 5, 2012

कांग्रेसको पूर्वाञ्चल क्षेत्रीय प्रशिक्षण इटहरीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, फाल्गुन २२ - बहिगर्मित लडाकुको बन्द अवज्ञा गर्दै मंगलबारदेखि कांग्रेसले पूर्वाञ्चल क्षेत्रीय भेला आयोजना गर्ने भएको छ । सुनसरी कांग्रेसका सभापति राजिव कोइरालाकाअनुसार बन्द आह्वानकर्तालाई फिर्ताका लागि अनुरोध गरिएको र नमाने अवज्ञा गर्दै भेला गरिने बताए । सुनसरीको इटहरीमा सोमबार पत्रकारहरुसित कुरा गर्दै कोइरालाले सवारी साधन चलाउने कुनै पनि साधनलाई असर परे चुप लागेर नबस्ने बताए । बहिगर्मित लडाकुले बन्दको बेला यसपटक स्कुलका बसलाई सञ्चालन गर्न दिने निर्णय गरेका छन् । जातीय समूहको राजनीतिले कांग्रेस कमजोर भएको निश्कर्ष निकाल्दै हुन लागेको दुई दिने भेलालाई सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय नेताहरुले सम्वोधन गर्ने छन् । भेलामा पूर्वाञ्चलका १६ वटै जिल्लाका महासमिति सदस्य, जिल्ला सभापति, संविधानसभामा निर्वाचित र मनोनित सभासद्को सहभागिता रहने छ । राज्यको पुनर्संरचनामा कांग्रेसको भूमिका र जातीय समूहका कारण पूर्वी क्षेत्रमा पार्टीको अवस्था कमजोर भएकोबारे बहस हुने सुनसरी कांग्रेसका सभापति राजिवले जानकारी दिए ।

No comments: