News

Mar 5, 2012

न्यायाधीश बन्न जाँच दिनुपर्ने व्यवस्था पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन २२- न्यायपरिषद्ले जिल्ला अदालतमा न्यायाधीश नियुक्ति गर्न परीक्षा लिने तयारी गरेको छ। परिषद्को आज सम्पन्न बैठकले न्याय परिषद् ऐन दोस्रो संशोधन विधेयक परिमार्जनसहित पारित गर्दै परीक्षामा ४८ प्रतिशत आरक्षणको पनि व्यवस्था गरेको छ। परीक्षापछि व्यक्तिको निस्पक्षता, उच्च नैतिक चरित्रता, कार्यकुशलता र योग्यतालाई पनि आधार बनाउने परिषद्का सचिव जीवनहरि अधिकारीले जानकारी दिए। सर्वोच्च अदालत तथा पुनरावेदन अदालतमा न्यायाधीश नियुक्तिका लागि भने सार्वजनिक सूचना जारी गर्ने, सम्बन्धित व्यक्तिले परिषद्ले तोकेको ढाँचाबमोजिम फारम भर्नुपर्ने र त्यस्ता व्यक्तिले विगतमा गरेका न्यायसँग सम्बन्धित कामको मूल्याङ्कनका साथै दक्षता परीक्षण गरी नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ। परिषद्को बैठकले न्यायाधीश नियुक्तका सम्बन्धमा छुट्टै मापदण्ड बनाएको र सो मापदण्ड परिमार्जनको क्रममा रहेको पनि सचिव अधिकारीले दिए।

No comments: