लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाग्लुङ, फागुन २१ - संघीय संरचनाको बारेमा दलहरुबीच तिव्र मतभेद भैरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाले संघीयताको खारेज गर्न माग गर्दै दबाब अभियान संचालन गरेको छ। बन्दले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जनमोर्चाले संघीयता खारेजीको माग गर्दै आइतबार पश्चिमाञ्चलको धौलागिरी र गण्डकी अञ्चल बन्दको आह्वान गरेको छ। जनमोर्चाले आह्वान गरेको बन्दको कारण धौलागिरी अञ्चलको पर्वत, बाग्लुङ,म्याग्दीको जनजीवन ठप्प छ। यहाँका बजार सुनसान छन्। धौलागिरीबाट छुट्ने लामो तथा छोटा दुरीका गाडी छुट्न सकेका छैनन्। यहाँबाट काठमाण्डौ, पोखरा, नारायणगढ, विरगञ्ज, बुटवल लगायतका स्थानमा जाने कुनै पनि सवारी नजाँदा यात्रु समस्यामा परेका छन्। बन्दको कारण बजार, शैक्षिक संस्था, उद्योग धन्दा पूर्ण बन्द रहेका छन्। राष्ट्रिय जनमोर्चाका कार्यकर्ता बन्द सफल पार्नकोलागि गाउँ-गाउँबाट बजार झरेका छन्। जनमोर्चाका कार्यकर्ता विहानैदेखि संघीयताका विरोधी नारा लगाउँदै बजार परिक्रमा गरिरहेका छन्। धौलागिरी र गण्डकी अञ्चलका सबै जिल्ला बन्द रहेको जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले बताए। 'दलहरुलाई सचेत बनाउनकोलागि बन्दको आह्वान गरेका हौँ, ' उनले भने, 'बन्द सहित विभिन्न दबाबमूलक अभियान जारी राख्छौँ।'बन्दको पूर्व सन्ध्यामा शनिबार साँझ बाग्लुङ बजारमा मसाल जुलुस प्रदर्शन गरेका छन्। यसैबीच शुक्रबारदेखि सुरु भएको राष्ट्रिय जनमोर्चा बागलुङको चौथो जिल्ला सम्मेलन शनिबार राति अवेर सम्पन्न भएको छ। अधिवेशनले पुनः अमर थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन चयन गरेको छ। अधिवेशनले उपाध्याक्षमा बेदीलाल सापकोटा, सचिवमा धर्म कुँवर, सहसचिवमा डिलबहादुर श्रीस, कोषाध्यक्षमा गौरीश्वर पाण्डे चयन गरेको छ।
No comments:
Post a Comment