News

Mar 2, 2012

भारतीय टेलिभिजनको सोमा उत्कृष्ट प्रस्तुती दिँदै प्रदीप गुरुङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इन्डियन आइडलको मञ्चमा तहल्का मच्चाउने दार्जीलिङका एक गोर्खालीको छोरो पछी अर्को टेलिभिजनको सबै भन्दा लोकप्रिय रियालिटि सो 'डान्स इन्डिया डान्स सिजन ३' मा असामका अर्को गोर्खाली पुत्र प्रदीप गुरुङ आफ्नो क्षमता र बलबुतामा भारतका ख्याती प्राप्त डान्स मास्टरका विद्यार्थीलाई मात दिँदै उत्कृष्ट १३ मा आफुलाई उभ्याउन सफल भएका छन् । डान्स इन्डिय डान्सको सिजन ३ मा उ अहिले भारतको मसहुर कोरियो ग्राफर टेरेनस् लुइसको टोलीमा सामेल मात्रै भएको छैन उ टेरेनसको सबै भन्दा प्यारो डान्सरको रुपमा रहेको जानकारी जी टिभिको अफिसियल साइटमा समेत टेरेनस्ले भनेका छन् भने हरेक शृंखलामा यो कुरा टेरेनसले अभिव्यक्त गरेका छन् । हरेक आमा बुवाको सपना भनेको छोराछोरी पढेर राम्रो काम गरेर आफ्नो घर परिवार र समाजको इज्जत राखुन् भन्ने हुन्छ र त्यस्तै सपना प्रदीपको परिवारमा पनि रहेकोले उसलाई पडाई छाडी आफ्नो भविस्य बनाउनुको साटो बरालिएर नाच्दै गाउँदै हिँडेको मन परेन तर प्रदीपको सपना भने नाचेर पनि यस दुनियाँमा नाम, काम र दाम कमाउन सकिन्छ भन्ने लागेर घर छोडी गुहाटीको एउटा डान्स स्कुलमा डान्स मास्टर भएर आफ्नो सपना बनाउन तल्लिन भएकै बेला कलकत्ताको डान्स अडिसनमा कमिने बोलको कन्टेम्पोररी डान्स स्टाइलमा राम्रो प्रस्तुतिका कारण छनौट भइ अहिले मुम्बाईमा आफ्नो कला र क्षमतालाई विश्व सामु देखाउन सफल भएको छ ।
उसको परिवारले पनि उसको प्रगति र नाम अहिले हरेकको मुखमा रहेकोले उसका सबै गल्तिहरु माफि गरि दिएका छन । त्यति मात्र हैन भारतीय सिने कलाकार मिथुन चक्रबर्ती समेतले टेलिभिजनको पर्दाबाटै उसको घरपरिवार, आमा र दाजुलाई देखाएर उनीहरुले छोराको प्रगतिमा गर्ब महसुस गरेको देखाएछन भने खुदले पनि उसको परिवारलाई यस्तो होनहार छोरा पाउनु तपाइँहरुको भाग्य हो यसलाई प्रोत्साहन र हौसला दिनु समेत भनेका छन् ।
त्यस दिनको प्रस्तुतीमा लामो समय सम्म आफ्नो आमा र परिवारलाई नदेखेका गुरुङ आफ्नो मन थाम्न न सकेर धुरुधुरु रुँदै कसैले पनि आमा बाबाको इच्छा बिपरित घर नछाड्नु नत्र मैले पाएको दुख भन्दा पनि दर्दनाक दुख भोग्नु पर्नेछ भन्दै आफु पनि आफ्नो परिवारलाई गर्ब महसुस गर्ने बनाएरै घर फर्कने सपना बोकेको जनाएका थिए । उनले आज म आफु धेरै दुख भोगेर भए पनि आफ्नो सपनाको करिब आएको हुनाले सबैको आशिर्बाद र साथ र हौसलाको जरुरत रहेको अभिव्यक्ति दिएका छन् । अब उसको सपना साकार गर्ने जिम्मेबारी तपाइँ हाम्रो हातमा आएको छ र यस अवसरलाई नगुमाऔं । अहिले डान्स इन्डिया डान्सको भोटिङ रेकोर्डको अनुसार अहिले उ तेश्रो स्थानमा रहेको छ भने यदि इन्डियन आईडल प्रशान्तलाई जस्तै सहयोग र साथ दिने हो भने प्रदिप गुरुङ यस बर्षको उत्कृष्ट प्रतियोगी बन्न सक्ने छन् । एक पल्ट भए पनि उसको डान्सलाइ हेरेर उसलाई हौसला प्रदान गर्नु हामी सबैको कर्तब्य हो सके भोट दिएर बिजयी बनाउ र एउटा गुरुङ केटो भारतीय दुरदर्शन र सिने जगतमा समेत सफल डान्स डाइरेक्टर बन्ने सपना पुरा गर्न सहयोग गरौँ ।

No comments: