News

May 2, 2012

बृहत मधेसी मोर्चाद्वारा आन्दोलनका कार्यक्रम घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संघीयता सहितको संविधान निर्धारित समयमै जारी हुनुपर्ने माग गर्दै बृहत मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ । विभिन्न मधेसवादी दलहरुका सभाषदहरु आवद्ध मोर्चाले बैशाख २४ गतेबाट आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाका संयोजक तथा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आज पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आन्दोलन अन्तर्गत पहिलो चरणमा बैशाख २४ गते विराटनगर, जनकपुर र भैरहवामा अन्तरक्रिया गरिने छ । वैशाख २६ गते वीरगंज र नेपालगंजमा अन्तरक्रिया तथा वैशाख २९ गते काठमाडौंमा वृहद् अन्तरक्रिया गरिने जनाएको छ । यसैगरी दोस्रो चरणको आन्दोलन अन्तर्गत जेठ १ गते जिल्ला सदरमुकामहरुमा मसाल जुलुस र कोण सभा, जेठ २ गते आमहड्ताल र मधेश बन्द गरिने, जेठ ४ गते सम्पूर्ण जिल्लाहरुमा मसाल जुलुस र कोणसभा तथा ५ र ६ गते आमहड्ताल सहित मधेश बन्दको कार्यक्रम रहेको छ ।

No comments: