लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ - चीनले सोमबार थप दुई नेभिगेसन उपग्रह सफलतापूर्ण प्रक्षेपण गरेको छ । यससँगै चीन आफ्नो नेभिगेसन एन्ड पोजिसनिङ स्याटेलाइट नेटवर्क पूरा गर्नेतर्फ नजिक पुगेको छ । यो प्रक्षेपण चीनको बिदो प्रणालीअन्तर्गत गरिएको हो ।
बिदो प्रणाली गत वर्ष डिसेम्बरमा १३ उपग्रहको प्रक्षेपणका साथ सुरु भएको थियो । यस प्रणालीको उद्धेश्य अमेरिकाको ग्लोबल पोजिसनिङ सिस्टमको जसरी ठाउँ पत्ता लगाउन बिदो तथा कम्पास प्रणालीको प्रयोग गराउनु हो । नागरिक र सैन्य दुवै उद्धेश्यसाथ यो प्रणाली विकास गर्न लागिएको हो । चीनका अनुसार बिदो तन्त्र पूरा भएमा उसको अमेरिकाको जिपिएसमा निर्भरता अन्त्य हुनेछ । यो प्रणाली सफल भयो भने अमेरिका र रुसपछि विश्वमा चीन मात्र तेस्रो देश हुनेछ,जसले आफ्नो यस्तो प्रणाली बनाउन सकेको छ । यस प्रणालीको माध्यमबाट चीन पूरा विश्वमा ध्यान राख्न सक्छ, तर यसका लागि चीनले सन् २०२० सम्म यस्ता ३५ उपग्रह प्रक्षेपण गर्नु जरुरी छ । दुवै उपग्रहको प्रक्षेपण दक्षिणपश्चिम प्रान्त सिचुआनको सिचाङ प्रक्षेपण केन्द्रबाट गरिएको थियो । नयाँ उपग्रह 'लङ मार्च ३ ए' रकेटको माध्यमबाट प्रक्षेपण गरिएको हो ।
No comments:
Post a Comment