लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, जेठ २९- नेपाल मजदूर किसान पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकार गठनअघि दिएको १८ बुँदे मागपत्रमा भएको प्रतिबद्धता पूरा नगरेको भन्दै फिर्ता लिने निर्णय गरेको हो।
अध्यक्ष बिजुक्छेले वर्तमान सरकारले आफ्नो पार्टीले राखेको खानेपानी, वैज्ञानिक शिक्षा, क्रान्त्रिकारी भूमिसधार तथा लोडसेडिङ जस्ता जनाताको आधारभूत आवश्यकता पूरा गर्ने मागसमेत पूरा गर्न नसकेको कारण सरकारलाइ दिँदै आएको समर्थन फिर्ता लिएको बताए।वर्तमान सरकार संविधान निर्माण र शान्ति प्रक्रिया अगाडि बढाउन पूर्णरुपमा असफल भएको र देश र जनताका हितमा कुनै पनि काम गर्न नसकेको ठहर पनि नेमकिपा बैठकले गरेको छ।

No comments:
Post a Comment