लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबारदेखि महत्वपूर्ण कामहरु ठप्प भएका छन्। कामकाज नै ठप्प पारेर स्वास्थ्यमन्त्रीलगायत मन्त्रालय र विभागका प्रमुख व्यक्तिहरु विदेश भ्रमणमा एकैपटक गएपछि मन्त्रालयमा अहिले खासै काम हुन सकेको छैन।दक्षिणपूर्वी एसियामा सुरक्षित मातृत्वमा सफलता हासिल गर्ने मुलुकका प्रतिनिधिहरुसँग छलफल गर्न ‘ओमेन डेलिभर’ नामक संस्थाको निमन्त्रणामा नेपालका तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री उमाकान्त चौधरी स्वास्थ्य मन्त्रालयका सचिवद्वय डा. प्रवीण मिश्र डा.सुधा शर्मा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. यशोवद्र्धन प्रधानलगायतको टोली अमेरिका भ्रमणमा गएपछि स्वास्थ्य मन्त्रालय र विभागमा सुनसान छाएको छ। स्वास्थ्यमन्त्री सचिव प्रवक्ता परिवार स्वास्थ्य महाशाखा स्वास्थ्य सेवा विभागका महानिर्देशकलगायतका प्रमुख व्यक्तिहरु नै ११ दिने अमेरिकी भ्रमणमा गएपछि मन्त्रालय र विभाग सुनसान रहेको मन्त्रालयस्रोतले बतायो। सधै भीड लाग्ने मन्त्रालय र विभागका प्रमुखहरुको कोठामा अहिले ताल्चा लागेको छ। स्वास्थ्य मन्त्रालयमा र विभागमा काम लिएर आउने व्यक्तिहरु अहिले ढोकामा लागेको ताल्चा हेर्दै अन्य कर्मचारीहरुसँग आफ्नो गुनासो पोख्दै फर्किने गरेको पनि स्वास्थ्य मन्त्रालयका कर्मचारीले बताए।
No comments:
Post a Comment