लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जोहान्सबर्ग, जेठ २८,१९ औं विश्वकप दक्षिण अफ्रिकाको जोहान्सबर्गमा सुरु भएको छ। दक्षिण अफ्रिकी महाद्विपमा पहिलो पटक आयोजना गरिएको विश्वकप फुटबलको उदघाटन समारोहमा १५ सय ८१ कलाकारले ४० मिनेट लामो प्रस्तुति देखाएका थिए। उदघाटन समारोहमा पूर्व राष्ट्रपति नेल्सन मण्डेला अनुपस्थित रहे। विश्वकप उदघाटनका लागि राष्ट्रपति ज्याकोब जुमा सकर सिटी रंगशाला पुगेका थिए। उनले यो विश्वकपपछि आफ्नो मुलुकमा परिवर्तन आउने विश्वास व्यक्त गरे। जुमाले दक्षिण अफ्रिकामा विश्वकप आयोजना हुनसक्नुको मुख्य श्रेय नेल्सन मण्डेलालाई दिए। उदघाटन समारोहमा पूर्व राष्ट्रपति मण्डेला भने अनुपस्थित रहे। कार दुर्घटनामा पनातिनीको निधन भएपछि उनी खेल उदघाटन कार्यक्रममा सहभागी हुन सकेनन्।
No comments:
Post a Comment