News

Jun 11, 2010

दक्षिण एशियाकै सबै भन्दा भ्रष्ट देश नेपाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २८ - विश्वमा धेरै भ्रष्टाचार हुने देशमध्ये नेपाल पनि पर्छ । ट्रान्सप्यारेन्सी इन्टरनेसनलले गरेको भ्रष्टाचारसम्बन्धी सन् २००९ को विश्वव्यापी अध्ययनले नेपाल गतवर्ष १४३ औं स्थानमा परेको देखाएको छ । विश्वमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुगमन गरिरहेको सो संस्थाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल सन् २००८ को तुलनामा सन् २००९ मा झन् बढी भ्रष्टाचार हुने देशमा परेको देखाएको हो । विश्वका १८० देशमा सो संस्थाले गरेको अनुसन्धानमा नेपाल सन् २००८ को तुलनामा थप पाँचस्थान तल झरी सो स्थानमा पुगेको हो । सो संस्थाले विशेषगरी भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्दा निर्वाचन प्रणालीको स्वस्थता र निष्पक्षतालाई प्रमुख आधार बनाउने गर्दछ ।

No comments: