लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ जेठ,व्यवस्थापिका संसद्को सार्वजनिक लेखासमितिले कक्षा ११ र १२ को परीक्षाको उत्तरपुस्तिका छपाइमा भएको अनियमितताका बारेमा १० दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले बिहीबार शिक्षा मन्त्रालयका सचिव शंकर पाण्डे तथा उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य-सचिव रामबहादुर खड्कालगायत अन्य पदाधिकारीसित उत्तरपुस्तिका छपाइमा भएको अनियमितताका बारेमा सोधपुछ गरेको थियो ।
समितिले सचिव तथा परिषद्का पदाधिकारीले दिएको जवाफका आधारमा यस विषयमा यथार्थ विवरण पेस गर्न छनबिन समिति गठन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । परिषद्ले कक्षा ११ र १२ को परीक्षामा जिल्लाका परीक्षा केन्द्रहरूमा पठाएका उत्तरपुस्तिकाको बन्डलमा निर्धारितभन्दा कम उत्तरपुस्तिका पठाएको पाइएपछि अनियमितता भएको रहस्य खुलेको थियो । परिषद्ले कक्षा ११ र १२ को उत्तरपुस्तिका छपाउने ठेक्का ओम शिव पि्रन्टिङ प्रेसलाई दिएको थियो । उसले तयार पारेका उत्तरपुस्तिकाको प्रतिबन्डलमा दुई सय ५० थान हुनुपर्नेमा अधिकांशमा कम भएको गुनासा आएपछि यस विषयमा सत्यतथ्य जानकारी लिन समितिले सचिव तथा परिषद्का पदाधिकारीलाई छलफलका लागि बोलाएको हो । समितिले परिषद्का लेखानियन्त्रक कामेश्वर मण्डल र मुद्रण विभाग सिंहदरबारका पदमराज पाठकलाई शुक्रबार बोलाएको छ ।
छलफलमा शिक्षा-सचिव पाण्डेले उत्तरपुस्तिकामा भएको अनियमितताको छानबिन गरी तुरुन्तै प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्ने बताए । परिषद्का सदस्यसचिव खड्काले पनि केही परीक्षा केन्द्रमा कम उत्तरपुस्तिका नपुगेको स्विकार्दै यसमा दोषी देखिएकालाई कारबाही गर्ने बताएका छन् ।
परिषद्ले दिएको जानकारीअनुसार कक्षा ११ र १२ को परीक्षामा ५५ लाख ३१ हजार दुई सय ५० थान उत्तरपुस्तिका छपाइ भएको थियो ।

No comments:
Post a Comment