लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ, जेष्ठ २७,सङ्गीतनाट्य प्रतिष्ठानका कुलपति अम्बर गुरुङ १३ सदस्यीय नेपाली साँस्कृतिक टोलीको नेतृत्व गर्दै बिहीबार चीनको राजधानी आइपुगेका छन् । यहाँस्थित चाइना नेसनल अर्केस्ट्रा कन्सर्ट हलमा शुक्रबार साँझको लागि तय गरिएको पलेंटी यात्रा साँस्कृतिक कार्यक्रमका लागि उक्त टोली बेइजिङ आएको हो । नेपालमा विगत छ वर्ष देखि आयोजित पलेंटी यात्रा मुलुकबाहिर पहिलोपटक यहाँ आयोजना हुन लागेको हो । सिर्जनशील सङ्गीतको माध्यमबाट नेपाल र चीनबीचको मैत्रीलाई अझ प्रगाढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासको आयोजनामा हुने उक्त कार्यक्रममा यहाँ बसोबास गर्ने नेपाली समुदाय, विभिन्न देशका कूटनीतिक कर्मचारी, चीन सरकारका वरिष्ठ अधिकृत, मैत्री संस्थाका पदाधिकारीलगायत पाँचसयलाई आमन्त्रण गरिएको छ ।
No comments:
Post a Comment