लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर/ कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव आइरहेका वेला कांग्रेसकै एक नेताले माओवादीको नेतृत्वमै राष्ट्रिय सरकार गठन हुनुपर्ने बताएका छन् । प्रेस युनियन मोरङद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले माओवादी नेतृत्वमा सरकार गठन भएमात्र जारी गतिरोध अन्त्य हुने बताए ।
ठूलो पार्टीको नाताले माओवादीलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने उनको धारणा थियो । 'प्रजातान्त्रिक मूल्य-मान्यतालाई दृष्टिगत गर्ने हो भने दुई सय चालीस सिट लिएर बसेको पार्टीलाई सरकारको नेतृत्व दिन सबै तयार हुनुपर्छ,' उनले भने, 'तर, माओवादीलाई सरकारको नेतृत्व सुम्पिनुपूर्व उनीहरू नागरिक पार्टीमा रूपान्तरित हुनुपर्छ ।'
माओवादी नेतृत्वमा कांग्रेस पनि सरकारमा सहभागी हुन तयार रहेको उनले खुलासा गरे । कांग्रेसले प्रधानमन्त्रीमा माओवादीका तर्फबाट प्रचण्ड वा बाबुराम जो आए पनि विरोध नगर्ने उनले स्पष्ट पारे । माओवादी ठूलो पार्टी भएकाले उसलाई सरकारमा सहभागी नगराए शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुग्न सक्ने उनको तर्क थियो । यसैबीच, कांग्रेस केन्द्रीय सदस्य कोइरालाले माओवादी लडाकुको समायोजन तीनदेखि पाँच हजारभित्रमा गर्न सकिने उल्लेख गरेका छन् । उनले माओवादीले संख्या नतोकुन्जेल समस्याको समाधान नहुने भन्दै यदि उनीहरूको लडाकुलाई समायोजन गर्नुपरे सुरक्षा निकायअन्तर्गतका विभिन्न अंगमा समायोजन गर्न सकिने बताए ।

No comments:
Post a Comment