News

Mar 1, 2012

भेरी अञ्चल अस्पतालमा लापरवाही, सुत्केरीको गुप्तांग पूरै सिलाइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भेरी अञ्चल अस्पतालका चिकित्सकले पुस १९ गते सामान्य रुपमा सुत्केरी भएकी एक युवतीको गुप्तांग पूरै सिलाइदिएछन् । पिसाब फेर्नसमेत असजिलो भएपछि उनलाई कोहलपुरको जीवनज्योति मेडिकल हल पुर्याउँदा त्यहाँका चिकित्सकले पूरै योनि सिलाइएको बताएका थिए । १७ वर्षकै उमेरमा सुत्केरी भएकीले योनि केहि च्यातिएको भन्दै उक्त महिलालाई स्वास्थ्यकर्मीले टाँका लागाइदिएका थिए । पिसाबमात्र गर्न मिल्ने गरी टाँका लागाइएको तर पिसाब फेर्न समेत असजिलो भएपछि अस्पताल जाँदा सञ्चो हुन समय लाग्ने भन्दै घर फर्काइदिएको उनका पतिले भनेका छन् । झन् अप्ठ्यारो भएपछि मेडिकल जाँदा त्यहाँको स्वास्थ्यकर्मीले उनलाई पुनः शल्यक्रिया गर्न भेरी अञ्चल अस्पताल पठाइदिएका हुन् । उक्त अस्पतालले आफ्नो गल्ती स्वीकार गर्दै निःशुल्क शल्यक्रिया गरिदिने भएको छ । अन्जानवश यस्तो घटना हुने अस्पताल प्रमुख डा.नरेन्द्र कुमार रायले बताएका छन् । तर लापरबाही गर्ने चिकित्सकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग युवतीको परिवारले गरेको छ । उक्त युवती शल्यक्रिया गर्न बुधबार अस्पताल भर्ना भएकी छिन् ।

No comments: