News

Mar 4, 2012

एमाले प्रतिनिधि परिषद्को बैठक खुल्लामञ्चमा उद्घाटन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेको प्रतिनिधि परिषद् बैठकको उद्घाटन खुल्लामञ्चमा हजारौँ कार्यकर्ता बिच भएको छ । मिनी महाधिवेशनको नाम दिइएको परिषद् बैठकको उद्घाटन सँगै एमालेका केन्द्रीय स्तरका नेताले सम्बोधन गरिरहेका छन् । उद्घाटन सत्रमा बोल्दै एमाले सचिव युवराज ज्ञवालीले पार्टीले पटक पटक हण्डर र ठक्कर खाएको बताएका छन् भने एमाले महासचिव ईश्वर पोखरेलले माओवादीको चर्को विरोध गर्दै एमालेले हिंसासहितको माओवादीलाई स्वीकार नगर्ने बताएका छन् । पोखरेलले नेपाली कांग्रेस यथास्थितिवादी भएको आरोप लगाएँदै आर्थिक सामाजिक रुपान्तरणका लागि मात्र कांग्रेस सँग हातेमालो गरेको बताएका छन् । पोखरेलले एमालेभित्र भएका कमीकमजोरीलाई सच्चयाएर अगाडि बढ्नु पर्ने समेत बताएका छन् ।

No comments: