लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय परिषद् बैठक प्रभावित गराउने गरी क्रियाकलपाहरु बढ्न थालेको भन्दै सुरक्षाको चिन्ता व्यक्त गरेका छन् । भोलिदेखि राजधानीमा हुने राष्ट्रिय प्रतिनिधि परिषद बैठकका बारेमा जानकारी दिन पार्टी मुख्य कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खनालले यस्तो चिन्ता व्यक्त गरेका हुन् । पत्रकार सम्मेलनमा खनालले बैठकमा सहभागी हुन आउने कार्यकर्तामाथि सुरक्षाको चिन्ता व्यक्त गरेका थिए । माओवादी अयोग्य लडाकु र राष्ट्रिय जनमोर्चाको बन्दले बैठक प्रभावित पार्न खोजिएको भन्दै उनले बन्द फिर्ता लिन समेत आग्रह गरेका छन् । धादिङ, मकवानपुर, चितवनलगायतका जिल्लामा अयोग्य लडाकुले एमाले कार्यकर्तालाई अवरोध गरेको तथा काठमाडौंमा जनमोर्चाको बन्दले परिषद बैठक प्रभावित पार्न खोजेको भन्दै उनले शान्ति सुरक्षाबारे प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको जानकारी दिए ।
No comments:
Post a Comment