लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसद्को संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा केशवप्रसाद बरालको नाम अनुमोदन गरेको छ ।बिहीबार बसेको समितिको बैठकले पूर्वएआइजी बरालको संसदीय सुनुवाइ गरी सर्वसम्मतिले नाम अनुमोदन गरेको हो । बुधबारको बैठकले बरालमाथि परेको उजुरीमाथि प्रारम्भिक छलफल गरी बिहीबार सुनुवाइ गर्ने निर्णय गरेको थियो । संवैधानिक परिषद्ले २३ पुसमा बराललाई आयोगमा आयुक्तका लागि सिफारिस गरेको थियो । समितिका सचिव ध्रुवप्रसाद घिमिरेका अनुसार समितिले बिहीबार नै बरालको नाम अनुमोदन गरेको जानकारी मन्त्रिपरिषद् कार्यालयलाई पठाउनेछ । अन्तरिम संविधानमा संवैधानिक परिषद्द्वारा सिफारिस गरिएका व्यक्तिको संसदीय सुनुवाइ विशेष समितिले नाम अनुमोदन गरेमा राष्ट्रपतिद्वारा संवैधानिक निकायका पदाधिकारीको नियुक्ति गरिने व्यवस्था छ

No comments:
Post a Comment