News

Jan 15, 2010

नेपाल बार एसोसिएसनमा लोकतान्त्रिक पक्षकाहरू निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिका लागि भएको चुनावमा अध्यक्ष, उपाध्यक्षहरू, महासचिव, कोषाध्यक्षलगायत सम्पूर्ण लोकतान्त्रिक पक्षका सदस्यहरू ऐतिहासिक रूपमा निर्वाचित भएका छन्। लोकतान्त्रिक पक्षधरका अध्यक्षका उम्मेदवार प्रेमबहादुर खड्काले २ हजार ५ सय ६६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) पक्षधर हरिकृष्ण कार्कीले २ हजार १ सय ४५ मत हासिल गर्नुभएको छ।एकीकृत नेकपा (माओवादी) पक्षधरबाट अध्यक्ष पदमा उठनुभएका रामनाथ मैनालीले ९ सय ५२ मत प्राप्त गर्नुभएको छ। यस पटकको चुनावमा मात्र वामपन्थी पक्षधरहरू फुटेर उठेका हुन्।यसै गरी लोकतान्त्रिक पक्षधरबाट महासचिव पदका उम्मेदवार विजयप्रसाद मिश्रले २ हजार ६ सय ९५ मत प्राप्त गर्नुभएको छ। एमाले पक्षधरका महासचिव हरि फुयालले भने २ हजार १ सय ५६ मत मात्र प्राप्त गर्नुभएको छ। माओवादी समर्थित महासचिवका उम्मेदवार श्यामजी प्रधानले ८ सय २९ मत हासिल गर्नुभएको छ।पाँचवटै विकास क्षेत्रबाट उपाध्यक्षका उम्मेदवार बनेकामध्ये सबैमा लोकतान्त्रिक पक्षधरका कानुनव्यवसायी नै निर्वाचित भएका छन्।निर्वाचित भएका उपाध्यक्षहरूमध्ये पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा क्रमशः सीताराम र्राई, सुरेन्द्रकुमार महतो, गोपालप्रसाद पाण्डे ‘अल्छी’, गोकर्ण दाँगी र जोहारीलाल चौधरी हुनुहुन्छ। उहाँहरूले क्रमशः २ हजार ६ सय २६, २ हजार ४ सय ६६, २ हजार ७ सय, २ हजार ५ सय ७३ र २ हजार ६ सय ९४ मत प्राप्त गर्नुभएको छ।त्यस्तै कोषाध्यक्षमा लोकतान्त्रिक पक्षधरका युवराजकुमार भण्डारी २ हजार ६ सय १ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले पक्षधर शंकर सुवेदीले १ हजार ९ सय ८८ मत ल्याउनुभएको छ। माओवादी पक्षधर कोषाध्यक्षका उम्मेदवार हरीन्द्रप्रसाद र्राईले ९ सय ३२ मत ल्याउनुभएको छ।लोकतान्त्रिक पक्षधरका सदस्य पदका उम्मेदवारहरू ठाकुरप्रसाद न्यौपाने (२५७२), गोपालकृष्ण घिमिरे (२५२८), योगेन्द्र अधिकारी (२७६५), अनिता जोशी मानन्धर (२७३०), विवेकराज ढुंगेल (२३९७), शान्ता सेर्ढाई सापकोटा (२६५४), सतीशकुमार झा (२५६९), उद्धवचन्द्र घिमिरे (२२११) र मनोहर साह (२२६२) विजयी हुनुभएको छ। यस पटकको चुनावमा सबैभन्दा बढी मत ल्याउनेमध्ये सदस्य पदका योगेन्द्रबहादुर अधिकारी हुनुभएको छ।नेपाल बारको इतिहासमा एउटै प्यानलले सबै सिटमा विजय हासिल गरेको यो पहिलो पटक हो। अध्यक्ष पदमा विजयी भएपछि खड्काले कानुनव्यवसायीलाई एकजुट बनाई नेपाल बारलाई उचाइमा पुर्याउने आफ्नो प्राथमिकता रहने बताउनुभयो।उहाँले भन्नुभयो- ‘मेरो जित भनेको प्रतिस्पर्धामा आउनेको पनि जित हो। सबै मिलेर बारलाई अगाडि बढाउन म आ³वान गर्छ अध्यक्ष पदका विजयी खड्काले लोकतान्त्रिक संविधान बनाउन बारले सम्बन्धित पक्षहरुलाई घचघच्याइरहने उल्लेख गर्नुभयो ।वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीको वर्तमान कार्यसमितिले खड्काको कार्यसमितिलाई आगामी फागुन १ गते कार्यभार हस्तान्तरण गर्नेछ।

No comments: