News

Jan 15, 2010

रुकुमको दुर्गम गाउँमा इन्टरनेट सञ्चालन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ जनवरी,२०१०,रुकुम -सुचना र प्रबिधिले पछि परेको रुकुममा विस्तारै ग्रामिण भेगमा पनि सुचनाको बिकास हुन थालेको छ । ग्रामिण भेगमका बिद्यार्थीहरुलाई समेत सुचनाको पहुच पुर्याउने सरकारको योजना अनुसार हालै विरेन्द्र उच्च माध्यमिक विद्यालय वाँफिकोट रुकुममा विद्यार्थी तथा र्सवसाधारणलाई लक्षित गरी इन्टरनेट सेवा सुरु गरिएको छ । नेपाल सरकार सूचना प्रविधि उच्चस्तरिय आयोग र सूचना प्रविधि केन्द्र -सिआइटी) को आर्थिक सहयोगमा सो इन्टरनेट सेवा सञ्चालन गरिएको हो । ग्रामिण भेगमा समेत इन्टरनेटको पहुच पुगेपछि इन्रनेटको सदरमुकाममा आएर सेबा लिनेहरु आफ्नै गाउमा संचालनमा आएपछि खुसि भएका छन । भने त्यँहा स्थित स्थानिय पत्रकारह्ररुलाई त झनै सुबिधा भएको छ । इन्टरनेट सुबिधा मात्र नभएर विद्यालयमा कम्प्यूटर कक्षा सञ्चालन गर्नका लागि चार थान कम्प्यूटर, प्रिन्टर, स्क्यानरलगायतका सामग्री समेत प्रदान गरीयको सिआईटि रुकुमले जनाएको छ । सूचना प्रविधिको विकाससंगै ग्रामीण क्षेत्रमा इन्टरनेटको प्रयोग गर्न पाएपछि विद्यार्थीहरु गाउमै बसेर संसारको जुनसुकै कुनाको बोरमा बुझ्न सक्ने भएका छन । त्यस्तै महेन्द्र उमावि छिवाङ्ग चौतारा रुकुममा पनि इन्टरनेट सञ्चालनका लागि विस्तृत र्सर्वे भइसकेको र छिट्टै सञ्चालनमा आउने विद्यालयले जनाएको छ । त्यहा पनि इन्टरनेट सेबा सञ्चालनमा आएपछि इमेल इन्टरनेटको किताब मार्फ कक्षा लिएका बिद्यार्थीहरु प्रत्यक्ष रुपमा इन्टरनेट प्रगोग गर्न पाउनेटन ।

No comments: