लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कपिलवस्तु, माघ २- सरकारले कपिलवस्तुका २० प्रहरीलाई निलम्बन गरेको छ। गए राति कपिलवस्तु कारागारबाट ८ कैदी सुरुङ खनेर भागेपछि उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले यो कदम चालेको हो। सइ मनबहादुर थापाको कमाण्डमा रहेको कारागार सुरक्षा टोलीले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनीहरुलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ। यसैबीच कैदी भागेको घटना सम्बन्धमा छानबिन गर्न जिल्लामा दुई वटा समिति गठन भएका छन्। जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माको अध्यक्षतामा एउटा समिति गठन गरेको छ। जसमा प्रहरी निरीक्षक केदार खनाल र अनुसन्धान अधिकृत शिशजङ्ग पाण्डे सदस्य छन्।त्यसैगरी प्रहरीले गठन गरेको समितिमा डिएसपी वसन्त रञ्जितकारको संयोजकत्वमा प्रहरी निरीक्षक केदार खनाल, मदन कुँवर, असइ रामचन्द्र पन्त, प्रह ओमप्रकाश यादव, सत्यनारायण यादव, श्यामसिंह चौधरी र प्रज श्रीराम छन्।यसैबीच संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चाका दाङ इन्चार्ज विराटले जेलबाट भागेकाहरु आफ्नो सम्पर्कमा आएका दाबी गरेका छन्। भागेकामध्ये तीन जना आफ्ना सक्रिय कार्यकर्ता भएको दाबी पनि उनले गरे। यसरी कैदी भागेपछि जिल्लाका सर्वसाधारण र व्यापारी भने त्रसित छन्।सुरुङ खनेर भाग्नेमा हत्या, बलात्कार, हातहतियार तथा खरखजना मुद्दामा बन्दी जीवन बिताइरहेकाहरु छन्। अढाइ फिट चौडा र १० फिट लम्बाइको सुरुङ खनेर उनीहरु भाग्दा कारागारका सुरक्षाकर्मीले थाहा नपाएको प्रहरीले जनाएको छ।भाग्नेहरुमा कर्तव्य ज्यान मुद्दा लागेका रामजस मुराबु, प्रभु तेली, श्रवणकुमार मौर्य छन्। हातहितयार तथा खरखजना अभियोगमा थुनामा रहेका तथा अदालतको आदेशपछि बन्दी जीवन बिताइरहेका केदार सहानी, स्कूल मियाँ अन्सारी, बगेदो मुसलमान फरार भएका छन्। उनीहरु तराइमा सशस्त्र संघर्ष चलाइरहेका समूहका सदस्य भएको सुरक्षास्रोतले नागरिकन्युजलाई बतायो।भाग्नेमा बलात्कार अभियोग प्रमाणितपछि जेल जीवन बिताइरहेका शन्तकुमार पासी र लागू औषध मुद्दा प्रमाणितपछि जेलमा रहेका सन्तोष काहार पनि छन्।सुरक्षा घेरालाई चुनौती दिँदै कैदी भागेपछि कपिलवस्तुका सुरक्षा अधिकारी आइतबार बिहानै कारागार निरीक्षणमा छन्। प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ। राणाकालमा निर्माण गरिएको कारागार जीर्ण अवस्थामा छ। कारागार वि.सं. १९९५ सालमा निर्माण गरिएको थियो।२०६३ भदौमा पनि यस कारागारबाट यसैगरी सुरुङ खनेर ७ कैदी भागेका थिए।
No comments:
Post a Comment