लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा- वीरगन्ज-पथलैया औद्योगिक करिडोर उद्योगको उत्पादन गत पुस महिनामा जम्मा दस दिनमात्रै सुचारु भएको छ । राससका अनुसार विभिन्न राजनीतिक दल, तिनका भ्रातृ सङ्गठन, जातीय सङ्गठन र स्वयम् मजदुर हडतालका कारण करिडोर उद्योगको उत्पादन हृवात्तै घटेको वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।करिडोरमा ठूला तथा साना गरी दुईसयभन्दा बढी उद्योग सञ्चालनमा रहेकामा पुस महिनामा २० दिन पूरै बन्द र हडतालका कारण उद्योगको उत्पादन ठप्प भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अशोक टेमानीले जानकारी दिए । एकदिन उद्योग बन्द हुँदा १० करोड घाटा लाग्नेमा २०-२० दिनसम्म उद्योगको उत्पादन ठप्प हुँदा आफूहरूले अर्बौंको घाटा बेहोर्न परेको करिडोरका उद्योगीहरूले गुनासो गरेका छन् । बन्द, हडताल गर्ने प्रवृत्ति तत्काल अन्त्य नभएमा उद्योगहरूले मात्रै नभई राज्यले समेत ठूलो क्षति बेहार्नुपर्नेमा उनीहरूले सतर्क गराएका छन् ।
No comments:
Post a Comment