लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यामेरा उत्पादक कम्पनी कोडाकले आइफोन र ब्ल्याकबेरीका उत्पादक एप्पल र रिर्सच इन मोसन (रिम)विरुद्ध मुद्दा दायर गरेको छ । कोडाकले यी दुई कम्पनीविरुद्ध अमेरिकास्थित अन्तर्राष्ट्रिय व्यापार आयोगसमक्ष मुद्दा दर्ता गरेको हो । आइफोन र ब्ल्याकबेरीको क्यामेरामा फोटो खिच्दा कोडाकको प्याटेन्ट रहेको प्रविधि प्रयोग गरेको आरोप कोडाकले लगाएको छ । कोडाकले एप्पलविरुद्ध दुई छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ । डिजिटल क्यामेरासम्बन्धी प्रविधि र केही कम्प्युटरसम्बन्धी प्रविधिको आफ्नो प्याटेन्टमाथि अतिक्रमण गर्दै एप्पलले आइफोन र ब्ल्याकबेरी उत्पादन गरिरहेको आरोप कोडाकले लगाएको छ ।कोडाकले अन्तर्राष्ट्रिय व्यापार आयोगसमक्ष एप्पल र रिम दुवैका फोन-सेटहरूको निर्यात व्यापारमा रोक लगाउन र आफ्नो प्याटेन्टमाथि भएको अतिक्रमणको क्षतिपूर्ति दिन भनेको छ । दुवै कम्पनीसँग लामो छलफलपछि पनि सन्तोषजनक सम्झौता हुन नसकेकाले मुद्दा दर्ता गरेको कोडाकका बौद्धिक सम्पत्तिसम्बन्धी प्रमुख निर्देशक लाउरा क्वाटेलाले बताएकी छिन् । कोडाकको पिक्चर पि्रभ्युसम्बन्धी प्रविधि लामो समयदेखि विभिन्न कम्पनीसँगको झगडाको कारण बन्दै आएको छ ।
No comments:
Post a Comment