News

Jan 18, 2010

बन्दको विरोधमा सिन्धुलीमा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८जनवरी,२०१०, बन्दको विरोधमा सिन्धुलीमा बन्द गरिएको छ । बृद्धबृद्धा तथा बिद्यार्थीहरुलाई भाडामा ५० प्रतिशत छूट दिइनुपर्ने, लगायतका माग राखी सिन्धुली भद्रकाली गाविस पिपलभञ्ज्याङका स्थानीय बासिन्दाहरुले वीपी राजमार्गको सिन्धुलीमाढी-खुर्कोट खण्डमा यातायात बन्द गरेको बिषयमा वीपी राजमार्ग यातायात व्यवसायी संघले पनि बन्द आह्वान गरेको छ । बन्दका कारण आज सोमबार पनि जिल्लाको जनजीवन प्रभावित बन्न पुगेको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार यातायात व्यवसायी र स्थानीय बासिन्दाहरुबीच भएको छलफल बिना निष्कर्ष टुङ्गिएपछि यातायात व्यवसायीहरुले पनि अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका हुन् । बन्द आह्वानका कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने सिन्धुलीमाडीमा बजार, पसल समेत ठप्प रहेका छन् । निरन्तरको बन्दले सयौं यात्रुहरु अलपत्र परेका छन् ।

No comments: