लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६जनवरी,२०१०, कपिलवस्तु जिल्ला कारागारबाट सुरुङ खनेर शुक्रबार राती आठ जना कैदी फरार भएका छन् । राती हुस्सु लागेको बेलामा २१ फिट लामो सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट ती कैदीहरु भागेको बताइएको छ । प्रहरीलाई उद्धृत गर्दै प्राप्त समाचार अनुसार कारागारबाट फरार हुने कैदीहरुमा कर्तव्य ज्यान मुद्दाका प्रभु तेली, रामजस मौर्य र श्रवणकुमार मुराउ रहेका छन् । यस्तै लागू औषधको मुद्दामा सन्तोष कहार, हातहतियार तथा खरखजाना मुद्दाका केदार सहनी र बगेदु मुसलमान रहेका छन् । यस्तै जबर्जस्ती करणी मुद्दाका सन्तोषकुमार पासी र डाँका मुद्दाका स्कूलमिया अन्सारी पनि भागेका छन् । यस अगाडि पनि केही कैदी सुरुङ खनेर भागेका थिए । कारागार अत्यन्तै जीर्ण अवस्थामा रहेकाले उनीहरु सजिलै भाग्न सकेको बताइएको छ । फरार कैदीहरुको खोजी कार्यलाई तीब्रता दिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उक्त घटनाको अनुसन्धानलाई पनि तीब्र पारेको जनाएको छ ।

No comments:
Post a Comment