लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६जनवरी,२०१०, नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का काँग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापतिमा लड्ने योजनाका साथ देशदौडाहामा निस्किनु भएको छ । पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत उहाँले गरिसक्नु भएको छ । उहाँले सभापति पदमा उठ्ने/नउठ्ने बारेमा अन्तिम निर्णय गरि नसके पनि देशभरका कार्यकर्ताहरुबाट राम्रो 'रेष्पोन्स' प्राप्त गरिरहेको बताउँदै आउनुभएको छ । उहाँ मुलुकका विभिन्न जिल्लाको भ्रमण गरि पार्टी कार्यकर्ताहरुलाई भेटि रहनु भएको छ । खड्काले सभापति पदमा लड्न कार्यकर्ताहरुको भावना बुझ्नका लागि आफू जिल्ला भ्रमणमा हिंडेको जानकारी दिनु भएको छ । खड्काले पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीको विधान विपरीत उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको आरोप समेत लगाउँदै आउनु भएको छ ।

No comments:
Post a Comment