लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ४, राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको करिब २० महिनापछि कानूनमा रहेका राजतन्त्र र राजासँग सम्बन्धित प्रावधानहरू संशोधन भएका छन्। संसद्को आइतबारको बैठकले 'गणतन्त्र सुदृढीकरणका लागि केही नेपाल कानूनलाई संशोधन गर्ने विधेयक' पारित गरेपछि सबै कानूनमा रहेका राजतन्त्रसम्बन्धी प्रावधान संशोधन गरिएका छन्। रजौटा उन्मुलनलगायत राजा र राजपरिवारको अस्तित्व स्वीकार्ने १०८ वटा कानून संशोधन भएका छन्। १०३ वटा कानूनमा रहेको 'अधिराज्य' भन्ने शब्द संशोधन भएका छ। त्योभन्दा पनि महत्वपूर्ण राजा र राजपरिवारलाई व्यवस्था गर्न बनाइएका कानूनहरूसहित पनि खारेज गरिएका छन।विधेयक पारित भएपछि खारेज भएका मुख्य कानूनहरूमा राजपरिवार खर्च व्यवस्था ऐन, २०५८, राजगद्दी उत्तराधिकारसम्बन्धी ऐन, २०४४, राज्य-रजौटासम्बन्धी नियमावली, २०४४, राजगुरुज्यू तथा मूल पुरोहितसम्बन्धी नियमावलि, २०४९ खारेज भएका छन्। तीन साताअघि संसद्मा पेश गरेर पनि उक्त विधेयक फिर्ता गरिएको थियो।
No comments:
Post a Comment