लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय विदेश मन्त्री एसएम कृष्णाको नेपाल भ्रमणको पूर्वसन्ध्यामा एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले भारतसँग भएको १९५० सन्धि लगायत अरु सन्धि संझौताका प्रतिहरु जलाएका छन्। राष्ट्रिय स्वाधीनताको आन्दोलन भनि भारतप्रति लक्षित आफ्नो विरोध कार्यक्रम अन्तर्गत माओवादीले असमान भन्ने गरेका सन्धि-संझौताहरु जलाएका हुन्। देशका विभिन्न भागहरुमा सन्धी-संझौताहरु जलाइएको थियो। त्यसै कार्यक्रमका लागि काठमाण्डूको रत्नपार्कमा लगभग डेड हजार माओवादी कार्यकर्ताहरु भेला भएका थिए। सन्धी-संझौता जलाउने कार्यक्रम हुनु केही अघि देखि नै माओवादी कार्यकर्ताहरू रत्नपार्कमा जम्मा भएका थिए। तिनले न त कुनै नारा लगाए न त तिनले कुनै ब्यानर या प्लेकार्ड बोकेका थिए। कार्यक्रम स्थल वरपर सुरक्षाकर्मीहरू तैनाथ थिए। माओवादी सभासद लीलामणि पोखरेलले सभालाई संबोधन गर्दै असमान सन्धि संझौता नेपालीको हित विपरित रहेकाले सांकेतिकरुपमा जलाएको बताए। भारत आफुहरु विरुद्ध लागेको र भारतले नै आफुहरु संलग्न सरकार बनाउनबाट रोकेको भन्दै आएका माओवादीहरुले केही समय अगाडि चौथो चरणको आन्दोलन अन्तर्गत भारतसँग नै सीधा वार्ता गर्ने विवादास्पद घोषणा गरेका थिए। त्यस यता माओवादी नेताहरूले विवादित नेपाल-भारत सीमा क्षेत्रको पनि भ्रमण गरिरहेका छन्। संविधान सभाको सबैभन्दा ठूलो दलको हैसियतले संविधान निर्माण र आन्तरिक राजनीतिमा खेल्नु पर्ने समन्वयकारी भूमिकाको पृष्टभूमिमा माओवादीको अहिलेको आन्दोलनलाई कतिपयले कच्चा कुटनीतिक व्यवहार भन्दै आएका छन्।

No comments:
Post a Comment